युक्रेनमाथि रुसको लगातार आक्रमण: कम्तीमा १४ जनाको मृत्यु

काठमाडौं। रसियाले लगातार युक्रेनमाथि भिषण आक्रमण गरेको छ। आक्रमणमा परेर कम्तिमा १४ जनाको मृत्यु भएको छ भने ३० भन्दा बढी घाइते भएका छन्।

रसियाले डोनेट्स्क क्षेत्रको डोब्रोपालिया सहरमा गरेको आक्रमणमा ११ जना मारिएका थिए भने खार्किभमा ड्रोन आक्रमणबाट थप ३ जनाको मृत्यु भएको थियो।

रसियाले दोस्रो दिन पनि ठूलो मात्रामा हवाई आक्रमण गरेको थियो। युक्रेनका विभिन्न स्थानमा बमबारी र ड्रोन आक्रमण गर्‍यो। राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आक्रमणपछि रुसको युद्ध उद्देश्य पुरानै रहेको भन्दै शान्तिको पक्षमा नरहेको बताए।

उनले क्रेमलिनमाथि थप प्रतिबन्ध लगाउन आह्वान गरे। अमेरिकाले सैन्य र गुप्तचर सहायता स्थगित गरेयता लगातार रसियाले युक्रेनमाथि आक्रमण गरिरहेको छ। युक्रेनको प्रतिआक्रमण गरे पनि रुसको रक्षा मन्त्रालयले ३१ युक्रेनी ड्रोन नष्ट गरिएको दाबी गरेको छ।

रुस-युक्रेन युद्धले पुनः तीव्रता लिँदै गएको देखिन्छ, जसले युक्रेनलाई अन्तर्राष्ट्रिय सहयोग आवश्यक छ भन्ने संकेत गर्छ। त्यसअघि शुक्रबार पनि रसियाले युक्रेनको उर्जा प्रणालीमा भिषण आक्रमण गरेको थियो।

युक्रेनी अधिकारीहरूका अनुसार, रातभर चलेको रूसी आक्रमणमा कम्तीमा १८ जना घाइते भएका थिए भने ठूलो मात्रामा भौतिक संरचनाहरु ध्वस्त भएका थिए।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *