हकप्रद प्रस्तावसहित सिद्धार्थ केवलकारले बोलायो साधारणसभा

काठमाडाैं।  सिद्धार्थ केबलकार लिमिटेडले पहिलो साधारणसभा बोलाएको छ । सभा चैत १९ गते दिउँसो १ बजे द फ्लामिंगो होटल, जोगीकुटी, रुपन्देहीमा बस्ने गरी आह्वान गरिएको हो।

सभामा कम्पनीले १ः१.७५ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यस प्रस्तावअनुसार, कम्पनीले आफ्नो चुक्ता पुँजी १ अर्ब २७ करोड २५ लाखको आधारमा शेयर संख्यामा वृद्धि गर्नेछ।

साथै, कम्पनीको मातहतमा डेढ अर्ब चुक्ता पुँजी रहने गरी नयाँ लगानीमुलक कम्पनी स्थापना गर्ने र यसको लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि प्रस्तुत हुनेछ।

त्यस्तै, सभाले गत आवको सञ्चालक समितिको प्रतिवेदनसहित २०८१ असार मसान्तसम्मको वासलात, नाफानोक्सान हिसाब तथा नगद प्रवाहलगायत विवरणमाथि छलफल गरी पारित गर्नेछ भने चालू आवका लागि लेखापरीक्षक नियुक्ति, शेयरधनी हातेमालो कार्यक्रम सञ्चालन गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछन् ।

विशेष प्रस्तावमा कम्पनीको अधिकृत पुँजी, जारी पुँजी र चुक्ता पुँजी वृद्धि, प्रबन्धपत्र तथा नियमावली संशोधन हुनेछ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *