काठमाडौं। क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्सको आईपीओमा ५८ करोड ५८ लाख ६१ हजार रुपैयाँ बरबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज (फागुन २२ गते) साँझ ५ः०७ बजेसम्ममा ६ लाख ६५ हजार ४८८ जनाले ५८ लाख ५८ हजार ६१० कित्ताका लागि आवेदन दिएका छन्। यो आवेदन मागभन्दा ३.१८ गुणा बढी हो ।
क्रेष्ट माइक्रोले सर्वसाधारणका लागि आज बिहीबार गतेदेखि प्रतिकित्ता १०० रुपैयाँका दरमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर निष्कासन गरेको हो । कम्पनीले २२ लाख ५० हजार कित्ता आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्रतिकित्ता १०० रुपैयाँका दरमा २ लाख २५ हजार कित्ता आइपीओ बिक्री गरिसकेको छ ।
त्यस्तै, ६७ हजार ५०० कित्ता सेयर कर्मचारी र १ लाख १२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरेर सर्वसाधारणका लागि बाँकी रहेको १८ लाख ४५ हजार कित्ता सेयर निष्कासन गरिएको हो । यसमा फागुन २६ गतेसम्म आवेदन दिन सकिनेछ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।
बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल रहेको छ ।






