अमेरिकाबाट निकालिएका नेपाली लिएर आएको विमान काठमाडौंमा अवतरण

काठमाडौं । अमेरिकामा अवैधानिक रुपमा बसिरहेका नेपालीहरूलाई अमेरिकाले नेपाल फिर्ता पठाइदिएको छ । आधिकारिक कागजातविनै अमेरिकामा बसेका १० जना नेपालीलाई अमेरिकाले काठमाडौं ल्याएर छोडिदिएको हो ।

बिहान करिब १० बजे अवैधानिक नेपाली आप्रवासीहरुलाई लिएर आएको जीआरपी-२३ विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो । यो विमान अमेरिकाको न्यु ह्याम्पसर राज्यको पोर्टसमाउथ अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं आएको हो ।

अवैधानिक आप्रवासी निष्कासन गर्ने ट्रम्पको नीति अनुसार उनीहरूलाई नेपाल छोडिएको हो । यससहित ट्रम्पको आदेश अनुसार देश निकाला हुने नेपालीको संख्या ३७ पुगेको छ । यसअघि २७ नेपाली काठमाडौं फर्किएका थिए । तर अमेरिका सरकारले नेपालमै ल्याएर छोडिदिएको भने यो पहिलो घटना हो ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *