सेयर बजारमा गिरावट, १२ अर्ब ९४ करोडको सेयर कारोबार

काठमाडौं । आज पनि सेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक ३०.३६ अंकले घटेर २८४६.३० को विन्दुमा कायम भएको छ ।

आज ३१८ कम्पनीको सेयर किनबेच हुँदा १२ अर्ब ९४ करोड माथिको सेयर कारोबार भएको छ । आज ४१ कम्पनीको सेयर मूल्य बढेको छ भने १९८ कम्पनीको सेयर मूल्य घटेको छ । आज ५ वटा कम्पनीको सेयरमूल्य स्थिर रहेको छ।

आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको १ अर्ब ९ करोडको सेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको ६४ करोड २५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सिन्धु विकास बैंकको ४७ करोड १३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै गार्डियन माइक्रो लाइफका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आत्मानिर्भर लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ६.६६ प्रतिशतका दरले कमाएका छन् । युनिभर्सल पावरका लगानीकर्ताले ५.७४ प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै सिन्धु विकास बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *