काठमाडौं । औषधि उत्पादन कम्पनी ओम मेगाश्री फर्मास्युटिकल्सले फागुन २७ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । चैत ३ गतेसम्म यसमा आवेदन दिन सकिनेछ ।
जारी पूँजी ६० करोडमध्ये ३० प्रतिशत अर्थात् १८ करोड रुपैयाँको १८ लाख कित्ता सेयर सर्वसाधारणमा जारी गर्न लागेको हो । सोमध्ये १४ लाख ७६ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन हुन लागेको हो ।
कम्पनीले केयर नेपालबाट बीबी माइनस रेटिङ प्राप्त गरेको छ । विभिन्न आयुर्वेदिक औषधि उत्पादन तथा आयात गर्ने, सर्जिकल सामान आयात तथा बिक्री वितरण गर्ने काम कम्पनीले गर्दै आएको छ ।
पुस मसान्तसम्म कम्पनीको सञ्चित नोक्सानी ३ करोड ७१ लाख रुपैयाँ छ ।
Artha Sanjal






