काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्सुरेन्स कम्पनीले आजदेखि ८० हजार कित्ता संस्थापक सेयर लिलामीमार्फत बिक्री खुला गरेको छ।
संस्थापक सेयरधनीका साथै अन्य व्यक्ति र संस्थाले पनि यस लिलामीमा बोलपत्र पेश गर्न सक्नेछन्। सेयरको प्रतिकित्ता मूल्य न्यूनतम २११ रुपैयाँ तोकिएको छ।
लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर लिलामीमा सहभागी हुन सक्नेछन्। आवेदन दिने अन्तिम मिति फागुन २७ गतेसम्म रहेको छ।
यसमा बिक्री प्रबन्धक प्रभु क्यापिटल, कमलादी काठमाडौं पुग्नेगरी बोलपत्र पेश गर्नुपर्नेछ ।
Artha Sanjal






