नेपालमा २०२५ को फेब्रुअरीमा भित्रिए ९६ हजार पर्यटक, कुन देशबाट कति ?

काठमाडौं। सन् २०२५ को फेब्रुअरी महिनामा ९६ हजार ८ सय ८० पर्यटक नेपालमा आएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार यो सङ्ख्या गत वर्षको सोही अवधिको तुलनामा घटेको हो।

सन् २०२४ को फेब्रुअरीमा ९७ हजार ४२६ पर्यटक नेपाल भित्रिएका थिए । त्यस्तै, पर्यटक आगमनको यस्तो सङ्ख्या सन् २०२३ को फेब्रुअरीमा ९९ हजार ४२६ रहेको थियो भने सन् २०२२ को फेब्रुअरीमा ४५ हजार १५२ जना आएका थिए ।

सन् २०२५ को फेब्रुअरीमा सबैभन्दा बढी भारतीय पर्यटक नेपाल आएका छन् । यस महिना भारतबाट १९ हजार १८७ जना नेपाल भ्रमणका लागि आएका हुन् । यस अवधिमा अमेरिकाबाट १० हजार ३४८ जना आएका छन् भने चीनबाट ८ हजार २३२ जना पर्यटकले नेपाल भ्रमण गरेको पर्यटन बोर्डले जनाएको छ ।

त्यस्तै, यस अवधिमा थाइल्याण्डबाट ५ हजार ६०९ जना आउँदा बेलायतबाट ५ हजार ५७ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । यस्तै, बंगलादेशबाट ४ हजार ८७४ जना पर्यटक नेपाल आउँदा श्रीलंकाबाट ४ हजार ३७० र अष्ट्रेलियाबाट ३ हजार ७३७ जना पर्यटक आएका छन् ।

यस महिना म्यानमारबाट ३ हजार १४९ पर्यटकले नेपाल भ्रमण गरेका छन् । यसका साथै साउथ कोरियाबाट २ हजार ७७९ जना पर्यटकले नेपाल भ्रमण गरेको पर्यटन विभागले जनाएको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *