बलेफी हाइड्रोको लिलामी शेयर किन्ने आज अन्तिम दिन

काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले बिक्रीमा ल्याएको १७ लाख ९८ हजार ६५६ कित्ता अवितरित शेयर खरिद गर्ने आज (फागुन १९ गते) अन्तिम दिन रहेको छ।

बिक्रीमा राखिएको कुल शेयरमध्ये संस्थापक समूहको ६ लाख ७६ हजार १९१ कित्ता, सर्वसाधारण समूहको लकइनमा रहेको ५ लाख ८ हजार ८९२ कित्ता र सर्वसाधारणकै तर लकइनमा नरहेको ६ लाख १३ हजार ५७३ कित्ता शेयर रहेको छ। लकइन अवधि आउदो चैत २९ गते सकिने कम्पनीले जनाएको छ।

शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। घटीमा १०० कित्ता र बढीमा १० ले निःशेष भाग जाने गरी वा सम्पूर्ण कित्ता खरिदका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *