काठमाडौं। नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आवेदन दिने म्याद सात दिन थप गरिएको छ।
नेप्सेको सीईओ छनोटका लागि गठित सिफारिस समितिले खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्न गोरखापत्र दैनिकको १२ फागुनको अंकमा सूचना प्रकाशित गरेको थियो। जसअनुसार १८ फागुनमा (आइतबार) यसको अन्तिम म्याद हो।
तर, सोही अवधिमा तीन दिन सार्वजनिक बिदा परेको कारण इच्छुक उम्मेदवारहरूलाई पर्याप्त समय दिन आवेदन दिने अन्तिम मिति २५ फागुनसम्म बढाइएको छ।
अब इच्छुक नेपाली नागरिकहरूले कार्यालय समयभित्र सिंहदरबारस्थित अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा आवेदन दिन सक्नेछन्।
Artha Sanjal






