६ महिनामा २ हजार बढी ट्रेडमार्क दर्ता

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिना अवधिमा नेपालमा २ हजारभन्दा बढी ट्रेडमार्क दर्ता भएको छ । उद्योग मन्त्रालयका अनुसार यस अवधिमा २ हजार ३४ वटा ट्रेडमार्क दर्ता भएको छ ।

उक्त अवधिमा ट्रेडमार्क सम्बन्धी ५७ वटा मुद्दाको कारबाही पनि टुंगो लगाइएको छ । ट्रेडमार्क दर्ता प्रक्रिया थप सरल र छिटो बनाउन सरकारले नयाँ प्रणालीको कार्यान्वयन गरेको छ । अब सबै प्रक्रिया पूर्ण रूपमा अनलाइन प्रणालीमा गरिएको छ ।

नेपालमा ट्रेडमार्क दर्ता प्रणालीलाई थप पारदर्शी र प्रभावकारी बनाउँदै सरकारले ट्रेडमार्क, पेटेन्ट, डिजाइन रजिस्ट्रेसन म्यानेजमेन्ट इन्फरमेसन सिस्टम (TMPRIS) को कार्यान्वयन गरेको छ। यस प्रणालीले व्यवसायीहरूलाई आफ्ना ट्रेडमार्क दर्ता गर्न सजिलो बनाएको छ भने, प्रशासनिक प्रक्रिया पनि द्रुत र प्रभावकारी बनाएको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *