७० वर्षमाथिकालाई राष्ट्रिय परिचयपत्र लागू नगर्न रामहरि खतिवडाको माग

काठमाडौँ । नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले ७० वर्ष नाघेकाहरूलाई राष्ट्रिय परिचय पत्र लागू नगर्न सरकारसँग माग गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले राष्ट्रिय परिचय पत्र लागू गर्ने भए घरघरमै गएर दिने व्यवस्था मिलाउन माग गरेका हुन्।

उनले भने, ‘अहिले देशव्यापी रूपमा राष्ट्रिय परिचयपत्र लागू गरिएको छ । ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई राष्ट्रिय परिचयपत्र लागू नगरियोस् । यो लागू गर्ने अवस्था भयो भने प्रत्येक पालिकाको वडामा नै दिने व्यवस्था र सम्बन्धित वडाले घरघरमा गएर दिने व्यवस्था सरकारले गरोस् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *