एलआईसी नेपालको लिलामी सेयरको बोलकबोल फागुन १२ गते खोलिने

काठमाडाैं । लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल)लिमिटेडले लिलामीमा राखेको अवितरित हकप्रद सेयरको बोलकबोल(गोप्य शिल्ड टेण्डर)फागुन १२ गते खोलिने भएको छ ।

कम्पनीले लिलामीमा राखेको ४ लाख ९२ हजार कित्ता ५७७ कित्ता अवितरित हकप्रद सेयरको बोलकबोल यही सोमबार काठमाण्डौको भगवतिबहाल नक्सालमा रहेको लिसारा रिसेप्सनमा बिहान ८ बजे खोलिने भएको हो ।

कम्पनीले गत मंसिर १२ गतेदेखि पुस १७ गतेसम्म चुक्तापूँजीको १ः०.८८४५१६८ अनुपातमा १०० रुपैयाँ अंकित दरका २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद साधारण सेयर निष्कासन गरेको थियो । सोही हकप्रदमा आवेदन नपरेको ४ लाख ९२ हजार ५७७ कित्ता साधारण सेयर कम्पनीले गत माघ २१ गतेदेखि फागुन ५ गतेसम्म लिलामीमार्फत बिक्रीमा राखेको थियो ।

यसकाे बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङले गर्ने जनाएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *