काठमाडौं । आइतबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । आज सुनकाे मूल्य ३०० रुपैयाँ बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
आज सुनकाे मूल्य १ लाख ७० हजार ३०० रुपैयाँ कायम भएको हो । शुक्रबार सुनको मूल्य तोलामा १ लाख ७० हजार कायम भएको थियाे ।
यस्तै चाँदीको मूल्य भने घटेको छ । शुक्रबार तोलामा १ हजार ९९० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार घटेर तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
Artha Sanjal







