राप्रपा सांसद कार्कीको प्रश्न- भ्रष्टाचारको फाइलमा लागेको धुलो कहिले टकटक्याउने हो ?

काठमाडौं । राप्रपा सांसद रोशन कार्कीले नेपाल भ्रष्टाचार हुने मुलुकको सूचीमा अग्र स्थानमा परेको भन्दै संसद्मा भ्रष्टाचारीलाई बधाई दिएकी छन् । सोमबार बसेको प्रतिनिधि सभा बैठकमा भ्रष्टाचारीलाई बधाई भन्दै उनले व्यंग्य गरेकी हुन् ।

हालै ट्रन्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदनअनुसार धेरै भ्रष्टाचार हुने देशहरुमा नेपाल १८० देशमध्ये १०७ औं स्थानमा रहेको सन्दर्भमा उनले यस्तो बधाई दिएर सरकारलाई कटाक्ष गरेकी हुन् ।

‘प्रधानमन्त्री रोष्ट्रमा उभिएर भन्नुहुन्छ म भ्रष्टाचार गर्दिन पनि गर्न दिन्न पनि भनेर । नेपाल कसरी १०७ औंं स्थानमा पुग्यो । फाइलहरुको ताँती लागिसक्यो धुलो कहिले टकटक्याउने ? फाइल कहिले खोल्ने ? भ्रष्टाचार युक्त मुलुक भएर हामी बसिरहन सक्छौं सरकार अब ढिला भयो,’ उनले भनिन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *