पाथीभरामा केबलकार निर्माणको वकालत गर्ने नेतालाई युवाले दले कालोमोसो

विराटनगर । ताप्लेजुङको धार्मिक तथा पर्यटकीयस्थल पाथीभरामा केबलकार निर्माणको विषयलाई लिएर उत्पन्न विवादका बीच धरानमा एक व्यक्तिलाई कालोमोसो दलिएको छ।

केबलकार निर्माणको पक्षमा बोलेपछि आइतबार दिउँसो धरानमा पदम चेन्जी माबोलाई एक समूहले कालोमोसो दलेका हुन्। उनी एक विशेष कार्यक्रममा सहभागी हुन धरान आएका थिए।

घटना लगत्तै इलाका प्रहरी कार्यालय धरानले उनलाई सुरक्षा प्रदान गर्दै संरक्षणमा लिएको छ।

पक्षधर नेता अमर इजम लिम्बुका अनुसार चेन्जी याक्थुङ चुम्लुङको कार्यक्रममा सहभागी हुन आएका बेला स्थानीय युवाहरूले कालोमोसो दलेका हुन्।

‘उहाँले फेसबुकमा ‘नो केबलकार’ अभियानविरुद्ध टिप्पणी गर्नुभएको थियो। त्यसका लागि माफी माग्न आग्रह गरिएको थियो’ लिम्बुले भने। युवाहरूले कालोमोसो दल्दा हामीले रोक्न प्रयास भने गरेका थियौँ।’

यस घटनाले केबलकार निर्माणसम्बन्धी बहसलाई थप पेचिलो बनाएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *