काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले हाल अवस्थित रहेको खुशिवु शाखा कार्यालय हालको स्थानबाट करिब ९० मीटर पश्चिममा स्थानान्तरण गरेको छ ।
बैंकले काठमाडौं महानगरपालिका–१७ खुशिवुमा रहेको शाखा कार्यालय सोही वडा भित्र करिब ९० मीटर पश्चिममा आजदेखि स्थानान्तरण गरेको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योती प्रकाश पाण्डेले शाखाको उद्घाटन गरे । खुशिवु शाखाबाट आइतबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरु सुरु भएको छ ।
हाल बैंकको २८३ शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, ६६ वटा शाखारहित बैंकिङ र २६६ वटा एटीएम रहेको छ ।







