काठमाडाैं। प्रतिनिधि सभाको बैठक शुक्रबार (आज) पनि बस्दैछ । बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा शुक्रबार दिउँसो १ बजेको लागि बोलाइएको छ ।
बैठकमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले विद्युतीय व्यापार विधेयक २०८१ को प्रतिवेदन पेस गर्नेछन्।
कानुनमन्त्री अजय कुमार चौरसियाले कानुन, न्याय र मानवअधिकार समितिको प्रतिवेदनसहित विधायन विधेयकमाथि छलफल र पारित गरिने प्रस्ताव गर्नेछन्।
श्रम, रोजगार र सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीले अन्तर्राष्ट्रिय श्रम मापदण्डहरूको सम्बन्धमा प्रतिवेदन पेस गर्ने कार्यसूची छ। आजको कार्यसूचीमा कुनै अध्यादेश निर्णयार्थ पेश हुने छैन।