नवलपरासी। नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोती नगरपालिका–१ का ३७ वर्षीय अध्यक्ष तवारक अहमद मियाँको हृदयघातका कारण निधन भएको छ।
आज दिउँसो गैँडाकोटमा राष्ट्रिय युवा सङ्घको जिल्ला अधिवेशनमा सहभागी भइरहेको बेला हृदयघातका कारण निजको मृत्यु भएको हो।
राष्ट्रिय युवा सङ्घ नेपाल नवलपुरको दशौँ जिल्ला अधिवेशनमा स्वागत मन्तव्य व्यक्त गरेर मञ्चबाट ओर्लिएका उनी त्यहीँ लडेका थिए।
राष्ट्रिय युवा सङ्घ नेपाल नवलपुरका सहसचिवसमेत रहेका उनी स्थानीय तह निर्वाचनमा एमालेबाट निर्वाचित भएका थिए।







