रुपन्देही । रास्वपा सभापति रवि लामिछानेमाथि थुनछेक बहस सुरु भएको छ । लामिछाने अदालत हाजिर भएसँगै थुनछेक बहस सुरु भएको हो ।
बुटवलस्थित सुप्रिम सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमार्फत अपचलन गरेको अभियोग लामिछानेमाथि मुद्दा छ । जिल्ला अदालत रुपन्देहीका न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा थुनछेक बहस सुरु भएको हाे ।
लामिछानेसँग रुपन्देही जिल्ला अदालतले बुधबार बयान सकेपछि परिवार र प्रतिवादीका वकिलको जिम्मा जमानीमा छाडेको थियो ।
जिल्ला अदालत रुपन्देहीका श्रेस्तेदार यज्ञमुर्ति ज्ञवालीले बहस सुरु भएको जानकारी दिए । आज हुने थुनछेक बहसका आधारमा उनी थुना बाहिर रहने वा थुनामै रहने भन्ने अदालतले आदेश दिनेछ ।







