काठमाडौं । शेयर बजार आज सामान्य अंकले बढेको छ। नेप्से परिसूचक ५.०८ अंकले बढेर २६१३.०८ को विन्दुमा कायम भएको छ ।
आज ३११ कम्पनीको शेयर किनबेच हुँदा ६ अर्ब १९ करोड माथिको शेयर किनबेच भएको छ । आज १०६ कम्पनीको शेयर मूल्य बढेको छ भने १२९ कम्पनीको शेयर मूल्य घटेको छ । आज ८ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
आज सबैभन्दा धेरै सीएचडीसीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २३ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सप्तकोशी डेभलपमेन्ट बैंकको २१ करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको २० करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै मन्दकीनि हाइड्रोपावर कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ८.०६ प्रतिशतका दरले कमाएका छन् । न्यादी हाइड्रोका लगानीकर्ताले ७.५३ प्रतिशतका दरले कमाएका छन् । सीएचडीसीका लगानीकर्ताले ६.९३ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै रिभर फल्स पावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८.९६ प्रतिशतका दरले गुमाएका छन् ।







