सुनको मूल्य तोलामा एक हजार १०० रुपैयाँले बढ्यो

काठमाडाैं। नेपाली बजारमा सुनको मूल्य बढेको छ । यस दिन सुनको मूल्य प्रतितोला एक हजार १०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ५८ हजार १०० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ५७ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य यस दिन प्रतितोला १५ रुपैयाँले बढेको छ । यस दिन चाँदी प्रतितोला एक हजार ८७५ रुपैयाँमा किनबेच भईरहेको छ । सोमबारको बजार चाँदीको मूल्य प्रतितोला एक हजार ८६० रुपैयाँमा किनबेच भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *