काठमाडाैं। प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। सेसनमा ०.२६ अंक बढेर २६०८.२६ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.२५ अंक बढेको छ।
मंगलबार प्रि ओपन सेसनमा ५० स्टकको ११९ पटकको कारोबारमा ६० लाख ३५ हजार ४०६ रुपैयाँ ७० पैसाबराबरको ७ हजार ९१३ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २२ स्टकको मूल्य बढेको छ भने २६ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।
Artha Sanjal






