नेपाल एसबिआई बैंकद्वारा नेपाल भारत मैत्री संघ, कास्कीलाई सहयोग रकम हस्तान्तरण

काठमाडौं । नेपाल एसबिआई बैंक लि. ले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा महानगरपालिका ०३, नदीपुर, कास्की स्थित नेपाल भारत मैत्री पुस्तकालयलाई सहज रूपमा सञ्चालन गर्न नेपाल भारत मैत्री संघ, कास्कीलाई रु ३.०० लाख आर्थिक सहयोग गरेको छ ।

उक्त सहयोग रकम बैंकका गण्डकी प्रदेश प्रमुख, श्री मिन बहादुर गरुङले संघका अध्यक्ष, श्री गोपाल धोजुलाई औपचारिक रूपमा हस्तान्तरण गरेका थिए । सो कार्यक्रममा लेफ्टिनेन्ट कर्नल, श्री प्रसान्त सिङ बागेल, बैंक तथा संघका अन्य पदाधिकारीहरू समेतको उपस्थिति रहेको थियो । बैंकले शिक्षा क्षेत्रमा यस किसिमको कार्यक्रम समय समयमा गर्दै आइरहेको छ ।

हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२२ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *