प्रि ओपन सेसनमा नेप्से सूचक १.५१ अंकले बढ्यो

काठमाडाैं । साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १ अंक बढेर बन्द भएको छ। सेसनमा १.५१ अंक बढेर २५९०.१४ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.१७ अंक बढेको छ।

आइतबार प्रि ओपन सेसनमा ४९ स्टकको १०० पटकको कारोबारमा ४६ लाख २५ हजार २१५ रुपैयाँ ५० पैसाबराबरको ७ हजार ८५१ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २२ स्टकको मूल्य बढेको छ भने २३ स्टकको मूल्य घटेको छ। बाँकी ४ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *