कजारिया रमेश टायल्सद्वारा पार्टनर्स मिट आयोजना

काठमाडौं । कजारिया रमेश टायल्स लिमिटेडले डिलर्स भेटघाट सम्पन्न गरेको छ । नेपालभरबाट १०० धन्दा धेरै डिलरको सहभागितामा डिलर्स मिट कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा कजारिया सिरेमिक्स लिमिटेड इंडियाका संयुक्त प्रबन्ध निर्देशक चेतन कजारिया र ऋषि कजारियाले उपस्थित भएर सम्बोधन गरी कार्यक्रममा डिलरहरूसँग सक्रिय रुपमा संवाद गरे । साथै डिलरहरूसँगको सम्बन्धलाई अझ मजबुत बनाउन भविष्यमा पनि यस्ता कार्यक्रमहरू आयोजना गर्ने योजना व्यक्त गरेका छन् ।

कार्यक्रमको प्रमुख आकर्षण कजारिया रमेश टायल्सको नयाँ अन्तर्राष्ट्रिय गुणस्तरको ३०×६० सेन्टिमिटर सिरेमिक वाल टायलको भव्य सार्वजनिक प्रदर्शन थियो । नेपालमा पहिलोपटक यसलाई प्रस्तुत गर्दै, कजारिया रमेश टायल्स लिमिटेडले बजारमा ५० भन्दा बढी विशेष र स्टाइलिस डिजाइन ल्याउनेछ ।

कजारिया रमेश टायल्स लिमिटेडले आफ्नो विदेश यात्रा योजनाका विजेतासमेत घोषणा गरेको छ । जसमा उत्कृष्ट प्रदर्शन र योगदान देखाएका २५ जना डिलरलाई जापान, १३ जना डिलरलाई थाइल्यान्ड र ६ जना डिलरलाई सिंगापुरका लागि भ्रमणको टिकट दिएको कम्पनीले जनाएको छ ।

यस कार्यक्रमले कजारिया रमेश टायल्स लिमिटेडका लागि डिलर नेटवर्कलाई अझ मजबुत बनाउन र नेपालमा गुणस्तरीय उत्पादन ल्याउने प्रतिबद्धतालाई बलियो बनाउने नयाँ अध्यायको सुरुवात गरेको छ ।

कजारिया रमेश टायल्स लिमिटेड, रमेश कर्प र कजारिया सिरेमिक्सको संयुक्त उपक्रमले, नवलपरासीमा नेपालको सबैभन्दा ठूलो टायल फ्याक्ट्री निर्माण गर्दैछ जसमा रु.४०० करोडको लगानी गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *