


काठमाडौं । साझा यातायातले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा दरखास्त आह्वान गरेको छ । साझा यातायात केन्द्रीय कार्यालयले सीईओ पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताबाट पदपूर्ति गर्ने गरी दरखास्त आह्वान गरेको हो ।
इच्छुकले २१ दिनभित्र दर्खास्त बुझाइसक्नुपर्ने छ । दर्खास्त दिनेको उमेर ३५ वर्ष पूरा भएको र दरखास्त दिने अन्तिम मितिसम्म ६३ वर्ष ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ ।
Artha Sanjal

अर्थ सन्जाल