सोल्टी होटलको नगद लाभांश खातामा जम्मा

काठमाडौं । सोल्टी होटल लिमिटेडले आफ्ना सेयरधनीलाई नगद लाभांश खातामा पठाएको छ । सोल्टीले मंसिर १२ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गरेका सेयरधनीको नगद लाभांश जम्मा गरेको हो ।

होटलले हालसम्म पनि डिम्याट खाता र बैंक खाता अद्यावधिक नगरेका सेयरधनीलाई तुरुन्त अद्यावधिक गर्न पनि आग्रह गरेको छ ।

कम्पनीको पुस ४ गते सम्पन्न साधारण सभाले गत वर्षको नाफाबाट २६.८४ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *