प्राइम कमर्शियल बैंकको १० वर्षे अवधिको ऋणपत्र निष्कासन

चैत १६ गतेदेखि सार्वजनिक निष्कासनमा आएको प्राइम कमर्शियल बैंक लिमिटेडको ऋणपत्र चैत ३० गतेसम्म विक्रीमा रहने भएको छ । बैंकले १० वर्षे अवधिको प्रतिकित्ता रू। १ हजार अंकित मूल्यका रू। २ अर्ब ५० करोड बराबरको २५ लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो ।

ऋणपत्र छिटोमा चैत २१ गतेसम्म विक्रीमा रहने मिति तय गरेको बैंकले सो अवधिभित्र माग बमोजिम आवेदन नपरेपछि ढिलो अवधि चैत ३० गतेसम्मको मिति तय गरेको हो । बैंकले निष्कासन गर्न लागेको ऋणपत्रको नाम ‘१० प्रतिशत प्राइम डिबेन्चर २०८८’ रहेको छ । कुल कित्ता ऋणपत्रमध्ये रू। १ अर्ब बराबरको १० लाख कित्ता बैंकले सर्वसाधारणलाई विक्री गर्नेछ भने बाँकी रू। १ अर्ब ५० करोड बराबरको १५ लाख कित्ता भने व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थाहरुलाई विक्री गर्नेछ । सर्वसाधारणका लागि बिक्री गरिने ऋणपत्रमध्ये पनि ५ प्रतिशत अर्थात ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको बैंकले जानकारी दिएको छ ।

ऋणपत्र खरिदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्ताका लागि आवेदन दिन सकिने  छ । ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै यो ऋणपत्र खरिदका लागि सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *