काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीका संस्थापक सेयरधनी कन्हैयालाल चौधरीले आफ्नो नाममा रहेको ३ हजार कित्ता सेयर बिक्रीमा राखेको हो ।
उक्त सेयर हाल कम्पनीको विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आफूले किन्न चाहेको सेयर संख्या र सोको मूल्य समेत खुलाई शिलबन्दी निवेदन दिनु पर्नेछ। निवेदन संस्थाको केन्द्रीय कार्यालय कोहलपुर नगरपालिका–११, बाँकेमा बुझाउनु पर्नेछ।
सेयरको न्यूनतम मूल्य प्रतिकित्ता एक हजार रुपैयाँ तोकिएको छ । सेयर खरिदका लागि आवेदन दिँदा घटीमा १०० कित्ता सेयर खरिद गर्नु पर्नेछ।
Artha Sanjal
अर्थ सन्जाल