काठमाडौं । नेकपा एमालेबाट निष्कासित भीम रावलले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति आक्रोश पोख्दै झुटा कुरामा लत बसेको आरोप लगाएका छन् ।
उनले पत्रकार सम्मेलन गर्दै यस्तो आरोप लगाएका हुन् । “तपाईंको झुटा कुराको सहारामा लत बसेछ जस्तो छ,” रावलले भने, “म ९०४ मतसहित सदस्यमा विजयी भएको थिएँ । मलाई सपथ लिन लगाउनुभएको होइन र ? तपाईंलाई बा भन्नेहरुबाट सपथ लिएन भनेर प्रचार गराइएको होइन र ?”







