बिराटनगरमा २५ तले व्यापारिक भवन निर्माण हुने

प्रदेश एकको राजधानी विराटनगरमा सबैभन्दा ठूलो व्यापारिक भवन निर्माण हुने भएको छ । बिराटनगर महानगपालिका र १ नम्बर प्रदेश लगानी प्राधिकरणको सहकार्यमा ५ अर्ब रुपैंयाँको लगानीमा २५ तले व्यापारिक भवन निर्माण हुने भएको हो ।

विराटनगर–९ स्थित पुरानो गुद्रीबजार क्षेत्रमा रहेको १४ कठ्ठा जग्गामा सम्भवतः सबैभन्दा ठूलो व्यापारिक भवन निर्माणका लागि बिहीबार सम्झौतामा हस्ताक्षर गरिएको छ । विराटनगर महानगर र प्रदेश नं १ सरकारले व्यापारिक भवन निर्माण बनाउने समझदारीपत्रमा हस्ताक्षर गरेको छ ।

नेपाली कांग्रेस प्रमुख सचेतक केदार कार्की, विराटनगरका नगर प्रमुख भीम पराजुली, उपउपप्रमुख इन्दिरा कार्की, वडा नं ९ का वडाध्यक्ष विश्वनाथ भगतलगायतको उपस्थितिमा प्रदेश लगानी प्राधिकरणका निर्देशक डा. सरोज कोइराला र महानगरका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

परियोजनाको काम आगामी तीन महिनाभित्र सुरू गरिने बताइएको छ। स्वदेशी लगानीकर्ताको लगानीमा बन्ने उक्त भवन निर्माण हुने भएको छ । प्रमुख सचेतक कार्कीले प्रदेशको भवन निर्माणबाट राजधानीका रूपमा रहेको यस सहर आर्थिक रूपमा सवल बन्ने विश्वास व्यक्त गरे ।

विराटनगर महानगरका प्रमुख पराजुलीले नगरवासीको दीर्घकालीन हितलाई ध्यानमा राख्दै भवन निर्माणबाट सहर थप गतिशील र आकर्षणको केन्द्र हुने बताए ।

उक्त भवन आगामी तीन वर्षभित्र निर्माण सम्पन्न हुने लक्ष्यले कार्य गरिने भएको छ भने निजी सहकारी साझेदारी तथा लगानी प्राधिकरण नियावली–२०७६ मा भएको कानुनी व्यवस्थाको अधिनमा रही निर्माण सम्पन्न गरिने भएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *