युनाइटेड इन्स्योरेन्सले यो पटक पनि लाभांश नदिने

युनाइटेड इन्स्योरेन्सले यो पटक पनि लाभांश नदिने भएको छ । कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट  लाभांश नदिने जनाएको हो।

कम्पनीको चैत्र २० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को वित्तीय विवरण स्वीकृत गरेको हो। वित्तीय विवरण स्वीकृत गर्दा कम्पनीले लाभांश प्रस्ताव नगरेकोले कम्पनीका शेयरधनीले यस पटक पनि लाभांश नपाउने भएका हुन् ।

कम्पनीले आर्थिक वर्ष ७२/७३ पछि लाभांश वितरण गरेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *