काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले १३औं वार्षिक साधारणसभा पुस २६ गते गर्ने भएको छ । सभा युनियन हाउस पार्टी प्यालेस, अनामनगर, काठामाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ । कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन ।
सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान ,नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ । साथै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ ।
सभा प्रयोजनका लागि संस्थाले पुस १४ गते बुक क्लोज गर्ने भएको छ । पुस ११ गतेसम्म सेयर खरिद गरी कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् । पुस १२ र १३ गते क्रमशः शुक्रबार र शनिबार परेकाले यसदिन सेयर कारोबार हुँदैन ।
Artha Sanjal
अर्थ सन्जाल