काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले बिक्री गरिरहेको हकप्रद शेयरमा आवेदन दिने म्याद थप गरीएको छ।
कम्पनीले यसअघि पुस १ गतेसम्म आवेदन खुला गरेको थियो। यसमा कात्तिक २६ गतेसम्म कायम शेयरधनीले आवेदन दिन सक्छनेन्।
कम्पनीले गत मंसिर ११ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँका दरले ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद बिक्री खुला गरेको छ।







