साना किसान विकास लघुवित्तले बोलायो साधारणसभा

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस २३ गते २३औं वार्षिक साधारणसभा आह्वान गरेको छ।

सभा कृषि विकास बैंकको केन्द्रीय तालिम प्रतिष्ठान, बोडे, भक्तपुरमा बस्नेछ । सभामा संस्थाले सेयरलाई १३.३० प्रतिशत बोनस सेयर र कर तिर्न ०.७० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नछ ।

साथै, आर्थिक वर्ष २०८०–८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । सभा प्रयोजनका लागि कम्पनीले पुस १७ गते बुक क्लोज गर्ने भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *