प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायत भ्रमण गर्न लागेको पूर्वसन्ध्यामा सरकारले तीन देशका राजदूतहरु सिफारिस गरेको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले श्रीधर खत्रीलाई अमेरिका, डा. शंकर शर्मालाई भारत र ज्ञानचन्द्र आचार्यलाई बेलायतको राजदूत नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको हो ।
प्रधानमन्त्री देउवा नोभेम्बर १ र २ मा संयुक्त अधिराज्यको ग्लास्गोमा हुने संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (कोप–२६) को पक्षको २६औँ सम्मेलनको वल्र्ड लिडर समिटका लागि शुक्रबार बेलायत जाँदैछन् ।
राजदूत नियुक्ति सन्दर्भमा गठबन्धनका नेताहरुबीच छलफल हुँदा माओवादी र एकीकृत समाजवादीका नेताहरुले खाली रहेका सबै राजदूत एकैपटक सिफारिस गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका थिए । तर देउवाले बेलायत भ्रमणमा जानुअघि शक्तिराष्ट्रका रुपमा चिनिने अमेरिका, भारत र बेलायतका राजदूत नियुक्त गर्नै पर्ने अवस्था आएको बताएपछि तीनजना राजदूतमा सिफारिस भएको बताइएको छ