काठमाडौं । ग्लोबल आइएमई बैंकको १८औं वार्षिक साधारणसभा आज कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान १० बजेदेखि बस्दैछ। बैंकले गत वर्षको मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको आधारमा ५.५० प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको छ।
त्यस्तै, सभामा गत आवको वार्षिक र लेखापरीक्षण प्रतिवेदन सहितका वित्तीय विवरण विवरण छलफल गरी पारित गर्ने, चालू आवका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्ति र सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका एजेन्डा सभामा पेश हुनेछ।
सभा प्रयोजनार्थ यस बैंकले मंसिर ९ गते बुक क्लोज गरिसकेकाले मंसिर ८ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।







