माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो १६२ औँ शाखारहित बैंकिङ सेवा स्याङ्जाको पुतलीबजार नगरपालिका–४ नागडाँडामा सञ्चालन गरेको छ ।
वित्तीय सेवाको सर्वसुलभ पहुँच नभएका स्थानहरुलाई लक्षित गर्दै बैंकले सो सेवा प्रदान गरेको हो । यससँगै बैंकिङ प्रणालीका अधिकांश सेवाहरु बैंक खाता सञ्चालन, बचत तथा भुक्तानी, एक खाताबाट अर्को खातामा रकमान्तर र रेमिट्यान्स सेवा सुचारु हुने मछापुच्छ्रे बैंक स्याङजा शाखाका शाखा प्रबन्धक सागर काफ्लेले बताए । उनका अनुसार नागडाँडाआसपासका वित्तीय सेवाबाट वञ्चित स्थानीयले यसबाट घरआँगनमा प्रत्यक्ष बैंकिङ सेवाको फाइदा लिन पाउनेछन् ।
गत चैत १७ गते बिहीबार एक कार्यक्रमवीच नागडाँडामा वडाध्यक्ष ओमबहादुर खड्काले सो सेवाको उद्घाटन गरेका थिए । कार्यक्रममा मछापुच्छ्रे बैंक प्रादेशिक कार्यालय गण्डकी प्रदेश प्रमुख निलम गौतल, सहायक प्रमुख मनोजराज घिमिरे र बीएलबी प्रमुख विकाश श्रेष्ठको पनि उपस्थित थियो ।
उक्त सेवाको अभिकर्ताका लागि बैंकले खेमराज शर्मालाई चयन गरेको छ ।







