आईपीओ निष्कासन गर्दै युनियन मेवा हाइड्रो

काठमाडौं। युनियन मेवा हाइड्रो लिमिटेडले आईपीओ निष्कासन गर्ने भएकाे छ । आईपीओ निष्कासनका लागि कम्पनीले लक्ष्मी सनराइज क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको हो ।

सम्झौतामा लक्ष्मी सनराइइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठ र युनियन मेवा हाइड्रो लिमिटेडकोे तर्फबाट अध्यक्ष किरण मल्लले हस्ताक्षर गरेका छन् । कम्पनीले ३५ करोड ३८ लाख ६० हजार ५ सय रुपैयाँ बराबरको ३५ लाख ३८ हजार ६ सय ५ कित्ता शेयर निष्कासन गर्न लागेको हो ।

युनियन मेवा हाइड्रोले ताप्लेजुङ जिल्लाको मिक्वा खोला गाउँपालिकामा रहेका २३ मेगावाट क्षमताको मेवा खोला जलविद्युत आयोजना निर्माणा गरिरहेको छ । कम्पनीका अनुसार आयोजनाको करिब ३५ प्रतिशत कार्य सम्पन्न भइसकेको कम्पनीले जनाएको छ ।

कम्पनीले अव आवश्यक प्रक्रिया पुरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएर स्वीकृती पाएपछि मात्रै आईपीओ निष्कासन गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *