नेपाल टेलिकमद्वारा ‘मोबाइल प्वइन्ट अफ सेल रिचार्ज’मा बोनसको व्यवस्था

काठमाडाैं । नेपाल टेलिकमले मोबाइल प्वान्ट अफ सेल (एमपीओएस) रिचार्ज’मा बोनसको व्यवस्था गरेको छ। यो बोनस सुविधा १८ मङ्सिर २०८१ देखि आगामी पुस १७ गतेसम्म उपलब्ध हुनेछ।

नेपाल टेलिकमका प्रिपेड तथा पोष्टपेड ग्राहकहरूले रिचार्ज कार्डको अतिरिक्त अन्य विभिन्न डिजिटल वालेटहरू जस्तै नेमस्ते पे, ई–सेवा, खल्ती, आइएमई पे आदि प्रयोग गरेर रिचार्ज गर्न सक्नेछन्। यस अवसरमा ग्राहकहरूलाई विभिन्न दरका रिचार्जमा आकर्षक बोनस पनि प्रदान गरिने छ।

रिचार्जको दर अनुसार बोनसको व्यवस्था यसप्रकार छ:

५० देखि ९९ रुपैयाँसम्मको रिचार्ज गर्दा ३ दिनका लागि २० मिनेटको नेट भ्वाइस
१०० देखि १९९ रुपैयाँसम्मको रिचार्ज गर्दा ३ दिनका लागि ५० मिनेटको नेट भ्वाइस
२०० देखि ४९९ रुपैयाँसम्मको रिचार्ज गर्दा २ दिनका लागि २ जीबी डेटा (१ जीबी प्रति दिन)
५०० रुपैयाँभन्दा माथिको रिचार्ज गर्दा ४ दिनका लागि ८ जीबी डेटा (२ जीबी प्रति दिन) उपलब्ध हुनेछ।

यसका साथै सहज तवरले अविच्छिन्न रूपमा सञ्चार सेवा उपभोग गर्न ब्यालेन्स सकिएको अवस्थामा समेत प्रिपेड मोबाइल प्रयोगकर्ताहरूको लागि नमस्ते सापटीको सुविधा कम्पनीले उपलब्ध गराएको छ ।प्रिपेड मोबाइल प्रयोगकर्ताहरूले Start टाइप गरी १४७७ मा सन्देश पठाएर अथवा *1477# डायल गरी 1 छनौट गरेर सापटी लिन सक्नेछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *