काठमाडौं । लक्ष्मी सनराइज बैंकले डिजिटल बैंकिङ प्रवर्द्वन गर्ने उद्देश्यले सञ्चालन गर्ने वार्षिक अभियानको छैटौं संस्करण सुरु गरेको छ ।
‘सहजताको नयाँ परिभाषा उपहार सँगै’ नाराको साथ लक्ष्मी सनराइजले आफ्नो अभियान सुरु गरेको जनाएको छ । बैंकका ग्राहक तथा उपभोक्तालाई डिसेम्बर महिनाभरि डिजिटल बैँकिङ प्रयोग गर्न प्रोत्साहन गर्न अभियान सञ्चालन गरिएको बैंकले जनाएको छ ।
बैंकका ग्राहकलाई विशेष अफर :
सरलीकृत कर दाखिला : डिसेम्बर महिनाभरि मोबाइल मनी मार्फत आफ्नो स्थायी लेखा नम्बर वा राष्ट्रिय परिचयपत्रको विवरण अद्यावधिक गरी १०० रुपैयाँ वा बढीको मोबाइल रिचार्ज गर्ने ग्राहकले बैंकबाट थप १०० रुपैयाँको रिचार्ज प्राप्त गर्नेछन् । आफ्नो खातामा यसरी प्यान वा एनआईडी अपडेट गर्नाले आफ्नो निक्षेपमा आर्जित ब्याजको कर कट्टी सजिलै प्रविष्ट हुनुका साथै अन्य फाइदाहरू पनि हुन्छन् ।
सहज बिजुली बिल भुक्तानी : मोबाइल मनी प्रयोगकर्ताले सजिलै एउटा मिस-कल मार्फत आफ्नो बिजुलीको बिल तिर्न सक्नेछन् । मोबाइल मनी एपबाटै सो सेवामा आबद्ध भई डिसेम्बर महिनाभरि मिस-कल मार्फत बिल भुक्तानी गर्ने ग्राहकले पनि १०० रुपैयाँ रिचार्ज प्राप्त गर्न सक्नेछन् ।
क्रेडिट कार्डमा विशेष अफर : तोकिएकॊ योग्यता पुगेका ग्राहकले डिसेम्बर महिनाभरि क्रेडिट कार्डको आवेदन दिई सो सेवा लिएमा जारी शुल्क साथै ५ वर्षको वार्षिक शुल्कमा पनि छुट पाउनेछन् ।
लचिलो वित्तीय समाधान : आज किनौं, भोली तिरौं (बीएनपीएल) : क्रेडिट कार्ड ग्राहकले डिसेम्बर महिनाभरि आफ्नो क्रेडिट कार्ड प्रयोग गरी ३० हजार रुपैयाँभन्दा बढीको खरिद गरेमा बिना कुनै प्रोसेसिङ शुल्क र ब्याज बिना नै सो भुक्तानीलाई सरल किस्ताबन्दीमा विभाजन गर्न सक्नेछन् ।
अन्तर-बोर्डर भुक्तानी सेवा : लक्ष्मी सनराइज बैंकका क्यूअर सेवाग्राही व्यवसायीहरूले
विभिन्न भारतीय मोबाइल वालेट मार्फत डिसेम्बर महिनाभरि भुक्तानी लिँदा लक्की ड्र द्वारा विभिन्न पुरस्कारहरू जित्न सक्नेछन् ।
अर्थ सन्जाल