काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको वितरण योग्य मुनाफाबाट लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
आइतबार बसेको सञ्चालक समितिको ४७ औं बैठकबाटले कुल चुक्ता पूँजी ३ अर्ब ८० करोड ६३ लाख ७३ हजार ७९८.५७ रुपैयाँ रहेको र सोको १३.३० प्रतिशतले बोनस सेयर वितरण गर्ने भएको छ ।
साथै, २ करोड ६६ लाख ४४ हजार ६१६.५९ रुपैयाँले कर प्रयोजनका लागि ०.७० प्रतिशतले नगद लाभांश वितरण गर्ने भएको छ । नेपाल राष्ट्र बैंक र साना किसानको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि लागू हुने गरी सेयरधनीहरुलाई वितरण गर्ने भएकाे छ ।







