बढ्यो सिमेन्टको मूल्य

काठमाडौं । सिमेन्टको मूल्य बढेको छ । सिमेन्ट उत्पादक उद्योगीहरूले सबै प्रकारका सिमेन्टको मूल्य प्रतिबोरा एक सय रुपैयाँसम्म बढाएका हुन् ।

यसअघि सरदर प्रतिबोरा ५०० रहेको सिमेन्टको मूल्य अब ६०० कायम भएको छ ।

सिमेन्ट उत्पादक संघका अध्यक्ष रघुनन्दन मारुले सञ्चालन खर्चसमेत धान्न मुस्किल भएपछि मूल्य बढाउने सहमति गरिएको बताए । मारुका अनुसार निर्माणको सिजन भए पनि अहिले उद्योगहरू ३० देखि ४० प्रतिशत क्षमतामा मात्रै चलिरहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *