प्रि ओपन सेसनमा नेप्से सूचक १४.२३ अंकले बढ्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक १४ अंक बढेर बन्द भएको छ। सेसनमा १४.२३ अंक बढेर २७६२.२९ विन्दुमा पुगेको छ। १ करोड ४८ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ ।

९५ कम्पनीको २२ हजार ३ सय ५ कित्ता सेयर कारोबार भएको छ । ३७ कम्पनीको मूल्य बढेको छ भने ४८ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल २ सय ४१ वटा कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *