ब्लाइन्ड क्रिकेट टी-२० विश्वकप: सेमिफाइनलमा पाकिस्तानविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं।  ब्लाइन्ड क्रिकेट टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको नेपालले पाकिस्तानविरुद्ध पहिले ब्याटिङ गरेको छ।

केही समयअघि सुरु भएको खेलमा घरेलु टोलीविरुद्ध ब्याटिङ गर्न लागेको हो। २०१२ मा पहिलो पटक विश्वकप खेलेको नेपाली ब्लाइन्ड क्रिकेटले त्यसयता तीन पटक विश्वकप खेलेपनि सेमिफाइनल प्रवेश गर्न सकेको थिएन।

एकदिवसीय र टी-२० विश्वकप खेल्दै आएपनि असफल बनेको नेपालले आफ्नो चौथो सहभागितामा भने सेमिफाइनलमा स्थान बनाउन सफल भयो।

शनिबार लिग चरणको अन्तिम खेलका नतिजासँगै नेपाल अन्तिम चारमा प्रवेश गर्न सफल भएको थियो। सुरुमा ७ टोलीको सहभागिता रहने भनिएको प्रतियोगितामा भारत सहभागिता नभएपछि नेपालले एतिहासिक रुपमा अन्तिम चारमा स्थान बनायो।

भारतसँगको अन्तिम खेलमा नेपालले ‘वाकओभर’ पाएसँगै नेपालले महत्वपूर्ण २ अङ्क प्राप्त गर्यो। उक्त अङ्कनै नेपाललाई अघिल्लो चरण पुग्न निर्णायक बन्यो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *