काठमाडौं । कुमारी बैंकले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको संस्थापक शेयर बिक्रीमा राखेको छ ।
बैंकले संस्थापक शेयरधनीको नाममा रहेको २९ हजार ५४४ कित्ता शेयर बिक्रीमा राखेको हो । यो शेयर बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्र किन्न सक्नेछन् । शेयर खरिदका लागि सूचना जारी भएको ३५ दिनभित्र आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ।
संस्थापक शेयरधनीहरुले बैंकको सेयर रिजष्ट्रार,कुमारी क्यापिटल बैंकको प्रधान कार्यालयमा आईपुग्ने गरी आवेदन पेश गर्नुपर्नेछ । उक्त शेयरको बिक्री मूल्य बिक्रेताले तोकबमोजिम हुने बैंकले जनाएको छ।
Artha Sanjal
अर्थ सन्जाल