काठमाडौं । आज अमेरिकी डलरको मूल्य स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज मंसिर १६ गते आइतबार १ अमेरिकी डलरको बिक्रीदर १३५ रुपैयाँ ४८ पैसा र खरिददर १३४ रुपैयाँ ८८ पैसा कायम भएको छ । यसअघि शुक्रबार र शनिबार पनि यही मूल्यमा किनवेच भएको थियो
आज १ युरोको बिक्रीदर १४३ रुपैयाँ ०६ पैसा रहेको छ भने खरिददर १४२ रुपैयाँ ४३ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १७१ रुपैयाँ ९७ पैसा खरिददर १७१ रुपैयाँ २१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । १० जापानिज येनको बिक्रीदर ९ रुपैयाँ ०३ पैसा र खरिददर ८ रुपैयाँ ९९ पैसा छ ।
त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ८७ रुपैयाँ ७६ पैसा र बिक्रीदर ८८ रुपैयाँ १५ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९६ रुपैयाँ ३५ पैसा र बिक्रीमा ९६ रुपैयाँ ७८ पैसा पाइन्छ । कतारी रियाल १ को खरिददर ३७ रुपैयाँ र बिक्रीदर ३७ रुपैयाँ १७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
Artha Sanjal
अर्थ सन्जाल