रामेछाप दुर्घटनामा गोकुलगंगा–४ का वडाध्यक्षसहित ५ जनाकाे मृत्यु

काठमाडौं । रामेछापमा भएको सुमो दुर्घटनामा गोकुलगंगा गाउँपालिका–४ का वडाध्यक्ष रामचन्द्र बस्नेतको मृत्यु भएको छ । दुर्घटनामा परेर वडाध्यक्ष बस्नेतसहित अन्य ५ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

शुक्रबार काठमाडौंबाट रामेछापतर्फ जाँदै गरेको ७१२३ नम्बरको सुमो गोकुलगंगाको फर्पु जिरोकिलोबाट नमादीस्थित सिमखोला भन्ने स्थानमा दुर्घटना भएको हो ।

प्रहरीका अनुसार गाडीमा ८ जना सवार थिए । अन्य तीन जनाको उद्धार गरेर अस्पतालतर्फ पठाइएको छ ।

घटनाबारे थप विवरण आउन बाँकी छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *