काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले मुलुकको आर्थिक सुधार वर्तमान सरकारको प्राथमिकतामा अहिलेसम्म पर्न नसकेको गुनासो गरेका छन् ।
औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको २८औँ वार्षिकात्सव कार्यक्रममा बोल्दै उनले वर्तमान सरकार र अर्थमन्त्रीप्रति निजी क्षेत्रको ठुलो आशा भएपनि आशा गरे जस्तो काम हुन नसकेको गुनासो गरेका हुन् ।
अध्यक्ष अग्रवालले सरकारले शिथिल र मन्दीबाट माथि उठाउने धेरै प्रतिबद्धता आएपनि अर्थतन्त्रलाई सुधार गर्नेको लागि प्राथमिकतामा पर्न नसकेको बताए ।
अध्यक्ष अग्रवालले केही समय अघि उच्च रूपमा बैंकको ब्याजदर वृद्धि हुँदा व्यवसायीहरूले ऋण तिर्न नसक्दा धेरै उद्योगी व्यवसायीहरू बैंकको कालोसूचीमा परेको बताए । उनले नेपालमा पछिल्लो ३० वर्षमा १ लाख १० हजार र पछिल्लो दुई वर्षमा ७५ हजार बढी कालो सूचीमा परेको बताए ।
Artha Sanjal
अर्थ सन्जाल